काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा समायोजन गरिएको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौँको टेकुमा आइतबार गरिएको प्रदर्शनमा क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल संमायोजन गर्न माग गर्दै यसो नगरिए आयल निगमका डीजीले राजीनामा दिनुपर्ने चेतावनी दिएको छ ।nविरोध प्रदर्शनका क्रममा क्रान्तिकारीका नेताहरूले जतिपटक भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले समायोजन नगर्नुले नेपाल आयल निगम कतिसम्म भ्रष्ट र दलाल छ भन्ने कुरा प्रमाणित भएको बताए ।आयल निगमभित्र हुने भ्रष्टाचार, अनियमितता, चुहावटलगायत विकृतिका कारण मूल्य समायोजन हुन नसकेको भन्दै विद्यार्थी सङ्गठनका नेताहरूले मूल्य समायोजन नगरिएमा आन्दोलन सशक्त बनाउने चेतावनी पनि दिए ।
![मूल्य समायोजन गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा काठमाडौँमा प्रदर्शन](https://eratokhabar.com/wp-content/uploads/2022/12/317831312_1514608259066419_7717287185176070109_n.jpg)
प्रतिक्रिया दिनुहोस्