प्राकृतिक स्रोतसाधनको दोहन नरोकिए सङ्घर्ष गर्ने नेकपा (बहुमत) को चेतावनी

प्राकृतिक स्रोतसाधनको दोहन नरोकिए सङ्घर्ष गर्ने नेकपा (बहुमत) को चेतावनी

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गोरखाले जिल्लामा रहेका खोलानाला र प्राकृतिक स्रोतसाधन राज्यकै निकायका प्रतिनिधिको मिलोमतोमा केही बोलवाला र पहुँचवाला ठेकेदारमार्फत दोहन गर्ने कार्य भइरहेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गोरखामा रहेका खोलानाला बर्सेनि उत्खनन भइरहेको अवस्थामा स्थानीय बासिन्दाले राज्यलाई कर तिर्दा पनि खोलाका ढुङगा, गिटी, बालुवा सहज उपयोग गर्न नपाउने तर पहुँचवाला ठेकेदारहरुले मेसिन प्रयोग गरी ढुङ्गा, गिटी, बालुवा उठाइरहेको भन्दै नेकपा (बहुमत)ले यस्तो कार्यलाई रोक्न प्रशासनको ध्यानाकर्षण गराएको छ । नेकपा (बहुमत) का गोरखा इन्चार्ज कमल खड्का र संयोजक नवराजले आइतबार जारी गरेको विज्ञप्तिमा प्राकृतिक दोहन रोक्न र जनतालाई सहज रूपले ढुङ्गा, गिटी, बालुवा उपभोग गर्ने व्यवस्था नमिलाएमा जनसङ्घर्ष गर्ने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :