बस्तीबस्तीमा नेकपा (बहुमत) को अभियान

बस्तीबस्तीमा नेकपा (बहुमत) को अभियान

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गाउँबस्तीमा वैचारिक, राजनीतिक, साङ्गठनिक अभियान सञ्चालन गरेको छ ।नेकपा (बहुमत) बर्दियाले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानकै क्रममा शनिबार पनि बर्दिया नगरपालिकाका विभिन्न बस्तीमा दलाल संसदीय व्यवस्थाको ज्यादतीका विरुद्ध अन्तरक्रिया आयोजना गरेको हो । अभियानका क्रममा आयोजित अन्तरक्रियामा नगर इन्चार्ज विचारको अध्यक्षता, जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य अनन्त क्षेत्रीको प्रमुख आतिथ्य र जिल्ला संयोेजक शक्तिको उपस्थिति थियोे । अभियान जारी रहेको जिल्ला पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :