यौन दुराचारी शिक्षक लामिछानेलाई अविलम्ब निष्कासनसहित कारबाही नगरिए अखिल क्रान्तिकारीले आफैँ कारबाही गर्ने

यौन दुराचारी शिक्षक लामिछानेलाई अविलम्ब निष्कासनसहित कारबाही नगरिए अखिल क्रान्तिकारीले आफैँ कारबाही गर्ने

काठमाडौँ : अखिल क्रान्तिकारी काठमाडौँ जिल्ला समितिले चन्द्रागिरि नगरपालिकास्थित कङ्काली माध्यमिक विद्यालयमा कक्षा ७, ९ र १० मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गर्ने उक्त विद्यालयका अङ्ग्रेजी विषयका शिक्षक कृष्णमणि लामिछानेलाई अविलम्ब निष्कासन गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
सङ्गठनका जिल्ला संयोजक मिम ऐडीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक लामिछानेले गराएको उक्त घटना निकृष्ट जघन्य यौन अपराध भएकाले अपराधी शिक्षकलाई सबै जिम्मेवारीबाट निष्कासनसहित कारबाही गर्न माग गरेका हुन् ।
कङ्काली मावि प्रशासन, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारसहित बिहीबार भएको संयुक्त छ्लफलबाट दोषी शिक्षक लामिछानेलाई कानुनी दायरामा ल्याउन सहमति गरिएको जानकारी गराउँदै विज्ञप्तिमा दोषीलाई कानुनी दायरामा नल्याइएमा सङ्गठनले नै कारबाही गर्ने सहमतिसमेत भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :