सुकुमबासीका समस्या समाधान गर : नेकपा (बहुमत)

सुकुमबासीका समस्या समाधान गर : नेकपा (बहुमत)

काठमाडौँ : प्रत्येक दलहरूको भोट बैङ्कका रूपमा प्रयोग भएका सुकुमबासीहरूलाई संसदीय दलहरू र दलाल माफियाहरूको मिलोमतोमा काठमाडौँ महानगरपालिकाको बालेन प्रशासनले अमानवीय व्यवहार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरको डोजर आतङ्कले संविधानप्रदत्त प्रत्येक नागरिकले पाउने आवासको अधिकारको हनन गरेको पनि पार्टीको काठमडौँ जिल्ला समितिले बताएको छ ।

नेकपा (बहुमत) का काठमाडौँ इन्चार्ज सङ्गम र संयोजक अविरलले प्रेस विज्ञप्ति जारी गर्दै हजारौँ सुकुमबासीलाई बिनाकुनै छानबिन र विकल्प नै अमानवीय हिसाबले मङ्सिरको कठ्याङ्ग्रिँदो चिसोमा आवासविहीन बनाउने कथित एकीकृत बागमती सभ्यता विकास समिति र बालेन प्रशासनको निन्दा र भत्र्सना गरेका छन् ।

विगतमा काठमाडौँ उपत्यकाका वास्तविक सुकुमबासीको आवास व्यवस्थापन गर्न काठमाडौँकै नागार्जुनमा सुविधा सम्पन्न भवन बनाइएको भए पनि हालसम्म उनीहरूलाई त्यहाँ स्थानान्तरण नगरिनुले राज्य सुकुमबासीप्रति कति असंवेदनशील छ भन्ने प्रस्ट हुने भन्दै विज्ञप्तिमा बिनाकुनै विकल्प स्थानीय सरकारले बस्तीमा गरेको अतिक्रमण र त्यसका विरुद्ध सुकुमबासीहरूले आफ्नो आवास रक्षाका लागि गरेको प्रतिरोध सङ्घर्षमा पार्टी जिल्ला समितिको पूर्ण रूपमा ऐक्यबद्धता रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :