डा. हरिसद्वारा एसपी दीपक थापालाई धम्की

भीमबहादुर खड्का/चितवनः चितवन मेडिकल कलेजका डाइरेक्टर डा. हरिसचन्द्र न्यौपानेले शनिबार बिहान ११ बजे एक सार्वजनिक कार्यक्रममा जाँदै गर्दा कार्यक्रम प्राङ्गडमा चितवन जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापालाई ‘तपाइँहरुले सुरक्षा दिन नसके हामी हस्पिटल बन्द गरिदिन्छौं कि सुरक्षा दिनुस् कि मजदुरहरुलाई हटाइदिनुस्’ भन्दै धम्क्याए । प्रत्युत्तरमा दीपक थापाले ‘तपाईंहरुको समस्या वार्ताद्वारा हल गर्नुस् मैले माकेका इन्चार्ज ईश्वरी भट्टराईलाई वार्तामा बस्न भनिदिन्छु’ भने । तर डा. हरिस वार्तामा बस्न आनाकानी गरेपछि उनले ‘तपाईंहरु मजदुरहरुसँग वार्ता बस्न पर्दैन, मैले यदि गोली चलाउनु वा पक्रनु परेमा जे पर्छ त्यसको जिम्मेवारी तपाईं हुनुपर्नेछ’ भन्दै रिसाएर फोन काटिदिए । एसपी थापाले चितवन उद्योग संघका उपाध्यक्षसँग कुरा गर्दै ‘डा. हरिसले कहिले गृहमन्त्री मार्फत् फोन गराउँछ भने कहिले सरुवा धम्की दिन्छ’ थापा भन्दै थिए ‘मलाई पद प्रतिष्ठाको लोभ छैन, म कसैसँग डराउँदिन, साथै मजदुरहरुका जायज मागहरु तुरुन्त पूरागरी समस्याको हल खोज्नुपर्छ ।’

चितवन मेडिकल कलेजका मजदुरहरुले २०६६ सालदेखि २४० दिन पुगेकालाई स्थायी नियुक्ति दिनुपर्ने, सञ्चय कोष काट्नुपर्ने, प्रत्येक मजदुरको रु. १०÷१० लाखको दरले जीवन बिमा गरिदिनुपर्ने, अस्पतालले कर्मचारीका परिवारहरुलाई १००% छुट दिनुपर्नेलगायत १ दर्जन मागहरु राखी पटक–पटक आन्दोलन गर्दै आइरहेका छन् । यतिबेला त्यहाँका मजदुरहरु यिनै मागलाई लिएर एक वर्षदेखि शान्तिपूर्ण र कानुनी दायरामा रही धर्ना दिँदै आइरहेको कुरा इकाइ सचिव आरती कुमालले रातोखबरलाई बताउनु भयो । उहाँले भन्नुभयो ‘हामी सरकारले श्रम ऐनमा ऐन अन्तर्गतका अधिकारहरु प्राप्त गर्न यो संघर्ष गर्नुपरेको र संघर्षको क्रममा एकदर्जन साथीहरु घाइते, सयौं पक्राउ परेका घटनाहरु पनि ज्वलन्तै छन् । त्यसैले हामी निरन्तर शान्तिपूर्ण धर्नामा रही आफ्ना अधिकारहरु माग गर्दै आइरहेका छौं ।’

काँग्रेसका नेतासमेत रहेका डा. हरिषले विभिन्न पार्टीका नेता र गुणडाहरूलार्इ रकम दिएर त्यसको आडमा मजदुरमाथि दमन गर्दै आएका छन् । गत वर्ष पनि उनले मजदुर आन्दोलन दवाएका थिए ।

२०७४ भदौ २५ गते अपरान्ह ४ः१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :