बुटवलमा भारतीय स्थायी पेन्सन क्याम्प राख्ने निर्णयप्रति नेकपाको कडा चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, रुपन्देहीले ऐतिहासिक, सामरिक र पुरातात्विक महत्वको शिवगढी क्षेत्रमा राज्यसत्ताले गरेको उक्त राष्ट्रघाती कदमको घोर भत्सर्ना गर्दै तत्काल निर्णय खारेज गर्न र कार्यान्वयन प्रक्रिया अगाडी नबढाउन कडा चेतावनी दिइएको छ । आइतबार अपरान्ह इञ्चार्ज शरद ओली र सेक्रेटरी अमर आरसीले संयुक्त एक प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिइएका हुन् । बुटवलको फूलबारीमा भारतीय स्थायी पेन्सन क्याम्प राख्न दिने सरकारको निर्णयप्रति नेपाल कम्युनिस्ट पार्टी, रुपन्देहीले कडा विरोध गर्दै उक्त राष्ट्रघाती कदमलाई असफल पार्न सम्पूर्ण जनसमुदायलाई अपिल गरेको छ ।

२०७४ भदौ २५ गते १३ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :