जनसरकारद्वारा जग्गा कब्जा

रमाकान्त बास्तोला/पोखराः जनसरकार कास्कीले केही साल पहिलेको पोखराको चर्चित खोप्लाङ्गे काण्ड भनिने विवादित न्युरोडमा रहेको खोप्लाङ्गे साहुको जग्गा कब्जा गरि झण्डा गाडेको छ । जालसाँजीपूर्ण तरिकाले जग्गा हडप्ने काम गरेको, दलाल सत्ताको अदालतमा आर्थिक चलखेलगरि खोप्लाङ्गे साहुले आफ्नो नाममा फैसला गराएको, २०६३ सालतिर तत्कालीन नेकपा (माओवादी) उपर उजुरी परेपछि पीडितलाई १० लाख मात्र बुझाएर एक करोडभन्दा बढी रकम जिल्ला पार्टीलाई दिइ पीडित परिवारलाई अन्याय गरेको हुँदा उक्त जग्गा खरिद बिक्री गर्न रोक लगाउँदै कास्की जनसरकारले कब्जा गरि झण्डा गाडेको हो । लामो समयदेखि विवादित रहेको उक्त जग्गाको निवेदन कास्की जनसरकारमा परेपछि पीडितको उजुरी उपर उक्त जग्गा खरिद बिक्री गर्न रोक लगाउँदै कब्जा गरिएको कास्की जनसरकार प्रमुख जगन तिवारीले बताए ।

२०७४ भदौ २५ गते १२ः४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :