युवाको कास्की भेला सम्पन्न

आस्था रुचाल/पोखराः ‘राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालो बजारी र दलाल विरुद्ध संघर्ष गरौं ! राष्ट्रिय युवा जनस्वयमसेवकको जिल्ला भेला सम्पन्न पारौं !!’ भन्ने मूल नाराका साथ शनिबार नेकपा निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवक कास्कीको दोस्रो जिल्ला भेला भब्यताका साथ सम्पन्न भयो । भेलाले भैरव पुन ‘सागर’ को अध्क्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सागरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुन, विशेष अतिथि राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय महासचिव विवश राई, अतिथिहरु नेकपाका केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो सदस्य सावित्रा दुरा ‘आस्था’, राष्ट्रिय युवा जनस्वयमसेवक गण्डक ब्युरो संयोजक सुजन र सहिद परिवारलगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि ओमप्रकाश पुनले– ‘प्रचण्डले हिलोमा फालेको झण्डा हामीले बोकेर हिडेका छौँ र राष्ट्रिय युवा जनस्वयमसेवक भनेको आफ्नै जनताको जनस्वयमसेवा गर्ने युवा हो’ भन्दै सम्पूर्ण युवाहरूलाई राष्ट्रिय युवा जनस्वमसेवकमा गोलबन्ध हुन आग्रह गरेका थिए । कार्यक्रममा नेकपाकी गण्डक ब्युरो इन्चार्ज आस्था, राष्ट्रिय युवा जनस्वमसेवकका केन्द्रीय महासचिव विवशलगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य सोममाया विश्वकर्माले र कार्यक्रम संचालन राजकुमार घिमिरेले गरेका थिए । भेलाको पूर्वसन्ध्यामा पृथ्वीचोकबाट विशाल र्‍याली सुरु भई कार्यक्रमस्थल जिरो किलोमिटरको गोल्डेन पार्टी प्यालेसमा पुगेको थियो भने चुनु शिल्पा सांस्कृतिक परिवारको बेजोड प्रस्तुतिसमेत रहेको थियो ।

२०७४ भाद्र २५ गते १२ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :