नेकपाका सल्लाकार गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी जिल्ला सल्लाहकार समिति सदस्य बाबुलाल लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई शनिबार महोत्तरी विजलपुरस्थित घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । नेकपा महोत्तरीले आफ्ना पार्टीका सल्लाहकारलाई विनाकारण पक्राउ गरिएको भन्दै तत्काल रिहाइ लागि माग गरेको छ । महोत्तरी सेक्रेटरी रुपेशले एक विज्ञप्ति जारी गर्दै ‘देउवा–प्रचण्ड मण्डली सरकारको दमनकारी र आतंककारी व्यवहारको घोर भत्र्सना गर्दछौं’ भन्नु भएको छ । साथै, उहाँले पक्राउ गरिएका लामालाई विनाशर्त रिहा नगरिए यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं सरकार हुनुपर्ने पनि बताउनुभएको छ ।

२०७४ भदौ २५ गते ११ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :