भक्तपुरमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का जिल्ला इन्चार्ज गिरफ्तार

भक्तपुर : संसदीय व्यवस्थाको चुनाव आमनेपाली जनताका पक्षमा नरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भक्तपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनबाट नेकपा (बहुमत) का भक्तपुर इन्चार्ज रोजन रखालसहित ८ जनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

भक्तपुरमा रहेको जिल्ला निर्वाचन आयोगको कार्यालयनजिकै चुनाव अवज्ञाका पक्षमा नारा लगाउँदै प्रदर्शन गरिएको थियो । शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेको समयमा प्रहरीले नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :