बाँकेमा नेकपा (बहुमत) ले गर्यो प्रदर्शनसहित घरदैलो कार्यक्रम

बाँकेमा नेकपा (बहुमत) ले गर्यो प्रदर्शनसहित घरदैलो कार्यक्रम

नेपालगन्ज : बाँकेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले चुनाव अवज्ञाका पक्षमा कालो ब्यानर प्रदर्शनसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

बाँकेका विभिन्न सार्वजनिक स्थलमा नेकपा (बहुमत) ले ‘कथित संसदीय चुनावको अवज्ञा गरौँ !, वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !!, वैज्ञानिक समाजवाद जिन्दावाद !!’ लेखिएका ब्यानर प्रदर्शन गरेको हो । सार्वजनिक स्थलहरूमा काला ब्यानर टाँगिएको छ ।

घरदैलो कार्यक्रममा पर्चा वितरण र पोस्टरिङ गर्दै जनसमुदायसमक्ष पुगेर भोट नहाल्न अनुरोध गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :