युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले टाँस्यो चुनाव अवज्ञा ब्यानर

युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले टाँस्यो चुनाव अवज्ञा ब्यानर

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा संसदीय चुनाव अवज्ञा गर्नुपर्ने कारणसहित ब्यानर टाँस्नुका साथै मतदान केन्द्रमा अवज्ञा पर्चा वितरण गरेको छ । उक्त ब्यानरमा चुनाव अवज्ञा गर्नुपर्ने कारण उल्लेख गर्दै लेखिएको छ :भ्रष्टाचारीहरुको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्न, स्वास्थ्य र शिक्षामा हुने निजीकरणको अन्त्य गर्न, फ्रि भिसा, फ्रि टिकटका नाममा युवालाई विदेश जान प्रोत्साहन गर्ने कार्य रोकी स्वदेशी भूमिमा रोजगारी सिर्जना गर्न, एमसीसीलगायत हरेक राष्ट्रघाती सन्धि–सम्झौता खारेज गर्न, आवासविहीन जनतालाई आवासको सुनिश्चितता गर्न, हरेक नेपाली नागरिकलाई जन्मसिद्ध जमिनमाथिको अधिकार स्थापित गर्न, अपाङ्ग, अनाथ, वृद्ध तथा बालबालिकालाई राज्यद्वारा संरक्षण प्रदान गर्न, दलाल पुँजीवादी संसदीय राज्यव्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्न चुनाव अवज्ञा गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :