एमाले उम्मेदवार टोपबहादुरमाथि आठ आरोपसहित सामाजिक बहिष्कार !

एमाले उम्मेदवार टोपबहादुरमाथि आठ आरोपसहित सामाजिक बहिष्कार !

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल अर्घाखाँचीले बिहीबार नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीको घरमा कालो ब्यानर टाँगेको छ । उनी उम्मेदवार बनेको निर्वाचन क्षेत्रका सार्वजनिक स्थलहरूमा पनि ‘टोपबहादुर रायमाझीलाई सामाजिक बहिष्कार किन’ भन्दै कालो ब्यानर टाँगिएको छ । उनी नेकपा (एमाले) का तर्फबाट अर्घाखाँचीमा चुनावमा उठेका छन् ।
रायमाझीलाई युवा जनस्वयम्सेवक नेपाल अर्घाखाँचीले ‘कथित निर्वाचनका उम्मेदवार टोपबहादुर रायमाझीलाई सामाजिक बहिष्कार किन ?’ शीर्षकमा जारी गरेको विज्ञप्तिमा संसदीय व्यवस्थाका विरुद्ध जनयुद्ध गरी अर्घाखाँची जिल्लाबाट ७८ लगायत देशभरिबाट १० हजार भन्दा बढी सहिद तथा बेपत्ता परिवारको भावनाविपरीत दलाल संसदीय व्यवस्थाको कथित चुनावमा भाग लिएकाले, माओवादी आन्दोलन र आदर्शलाई बेचेर दलाल पुँजीपति वर्गमा परिणत भएकाले, सहिदको रगतमा होली खेलेर सहिद, बेपत्ता र घाइते परिवारलाई बेवास्ता गरी दलाल, ठेकदार, र माफियाका पक्षमा काम गरेकाले, माओवादी आन्दोलनलाई बदनाम, कमजोर र संसद्वादी बनाउन भूमिका निर्वाह गरकाले, विकास निर्माणमा कमसल काम गराई कमिसन खाएर व्यक्तिगत सम्पत्ति आर्जन गरेकाले, माओवादी आन्दोलनबाट स्थापित भएर पटकपटक सत्तामा रही आधारभूत वर्गका पक्षमा काम गर्नुको सट्टा दलाल, माफिया र पुँजीपति वर्गको काम गरेकोलगायत अभियोग लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :