काङ्ग्रेस उम्मेदवार विनोद चौधरीको घरमा कालो ब्यानर

काङ्ग्रेस उम्मेदवार विनोद चौधरीको घरमा कालो ब्यानर

नवलपरासी: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल नवलपरासीले बिहीबार नेपालकै धनाढ्यमा गनिने विनोद चौधरीको घरमा कालो ब्यानर टाँगेको छ ।चौधरी उम्मेदवार रहेको निर्वाचन स्थलका सार्वजनिक स्थानमा पनि उनलाई आसन्न निर्वाचनमा अवज्ञा गरौँ भन्दै कालो ब्यानर टाँगिएको छ । उनी नेपाली काङ्ग्रेसका तर्फबाट नवलपरासीमा उम्मेदवार बनेका छन् । उनका विरुद्ध टाँगिएको कालो ब्यानरमा युवा जनस्वयम्सेवक नेपाल नवलपरासीले-NO VOTE ! स्थास्थ्य र शिक्षाको माफिया, करछली गरेको र मजदुरको शोषण गरेको हुनाले विनोद चौधरीलाई मङ्सिर ४ गतेको निर्वाचनमा अवज्ञा गरौँ ! भनेर लेखेको छ ।
नेपाली काङ्ग्रेस नवलपरासका अर्का उम्मेदवार देवेन्द्रराज कँडेलको घरमा पनि कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) नवलपरासीले कालो ब्यानर टाँगेको हो ।कँडेल भूमाफिया रहेको र रक्तचन्दन तस्करी गरेको अभियोग पनि उनीमाथि लगाइएको छ । अखिल (क्रान्तिकारी) ले-NO VOTE ! भूमाफिया र रक्तचन्दन तस्कर देवेन्द्रराज कँडेललाई मङ्सिर ४ गतेको निर्वाचनमा अवज्ञा गरौँ भनी कालो ब्यानरमा लेखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :