नेकपा (बहुमत) बर्दियाद्वारा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

नेकपा (बहुमत) बर्दियाद्वारा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

गुलरिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दियाले जिल्लाका विभिन्न ठाउँमा संसदीय चुनाव अवज्ञा गरौँ भन्दै प्रचारप्रसार तीव्र पारेको छ ।
बर्दिया सदरमुकाम गुलरियादेखि विभिन्न नगरपालिकाका कार्यालय र अन्य गाउँपालिकाका विभिन्न स्थानमा संसदीय चुनाव अवज्ञा गरौँ भन्ने पोस्टर टाँस्दै पर्चा वितरण र भित्तेलेखन गरी जनतालाई मतदानमा सहभागी नहुन आह्वान गरिएको छ ।
‘मङ्सिर ४ को चुनावले चोर, फटाहा, दलाल र डाँकाहरू मात्र फेरिइरहन्छन्, सत्ता फेरिँदैन । त्यसैले मङ्सिर ४ मा हुने सङ्घ र प्रदेशको संसदीय चुनाव सम्पूर्ण जनताले अवज्ञा गरौँ ! भोट नहालौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ ! स्वाधीन संयुक्त सरकारका लागि सङ्घर्ष गरौँ’ भन्दै नेकपा (बहुमत) बर्दियाले जनतालाई चुनाव अवज्ञाका पक्षमा प्रचारप्रसारका माध्यमबाट प्रशिक्षित गरिरहेको छ । अभियानको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बर्दिया जिल्ला इन्चार्ज अनन्त र संयोजक शक्तिले गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :