नेकपा (बहुमत) काभ्रेको चुनाव अवज्ञा कार्यक्रम तीव्र

नेकपा (बहुमत) काभ्रेको चुनाव अवज्ञा कार्यक्रम तीव्र

काभ्रे : नेकपा (बहुमत) काभ्रेले चुनाव अवज्ञा कार्यक्रम तीव्र पारेको छ । नेकपा (बहुमत) को केन्द्रीय समितिले गरेको पूर्वघोषित कार्यक्रमअन्तर्गत संसदीय निर्वाचनको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव खारेज/अवज्ञा गर्ने अभियान चलाएको काभ्रे जिल्लाले बताएको छ ।

चुनाव अवज्ञा कार्यक्रमअनुसार ‘संसदीय निर्वाचन अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !!’ नारासहितको रङ्गीन पोस्टर टाँस्ने र पर्चाहरू घरघरमा वितरण गर्ने गरिएको छ । उक्त कार्यक्रमहरू काभ्रे जिल्लाका खावा, जिरो किलो, दोलालघाट, सुनकोसी, चेरे, बाहुनटोल हुँदै अर्खौँसम्म गरिएको छ । नेकपा (बहुमत) काभ्रेले जनअभियानका क्रममा तत्कालीन जनयुद्धका सहिद परिवारहरूलाई पनि भेटेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :