नेकपा (बहुमत) द्वारा भक्तपुरमा चुनाव अवज्ञा आह्वान गर्दै व्यापक पोस्टरिङ

नेकपा (बहुमत) द्वारा भक्तपुरमा चुनाव अवज्ञा आह्वान गर्दै व्यापक पोस्टरिङ

भक्तपुर : नेकपा (बहुमत) भक्तपुरले यही मङ्सिर ४ गतेका लागि संसदीय व्यवस्था टिकाउने उद्देश्यले संसद्वादीहरूले घोषणा गरेको चुनाव अवज्ञा गर्न आह्वान गर्दै व्यापक पोस्टरिङ गरेको छ ।

जिल्ला पार्टीले दिएको जानकारीअनुसार भक्तपुरका चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिकालगायत ठाउँमा नेकपा (बहुमत) भक्तपुरका इन्चार्ज र संयोजकको दुई समूह बनाएर सङ्गठन विभाग प्रमुख, युवा, महिला, किसानलगायत जवस प्रमुखहरूको सहभागितामा पोस्टर टाँस्ने र पर्चा वितरण गर्ने कार्य तीव्र रूपमा भइरहेको छ ।

पार्टीका भक्तपुर जिल्ला इन्चार्ज विश्वासले चुनाव अवज्ञा कार्यक्रम प्रभावकारी बनेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :