कञ्चनपुरमा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

कञ्चनपुरमा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

महेन्द्रनगर : नेकपा (बहुमत) सहित चार दलले कञ्चनपुरमा चुनाव अवज्ञा कार्यक्रम तीव्र बनाएका छन् । संसदीय व्यवस्थाका पक्षधरहरू तीव्र रूपमा चुनाव प्रचारप्रसार गरिरहेका छन् भने दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले जिल्लाका विभिन्न ठाउँमा संसदीय चुनाव अवज्ञाको प्रचारप्रसार झनै तीव्र पारेको छ ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरलगायत शुक्लाफाँट कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका विभिन्न ठाउँमा संसदीय चुनाव अवज्ञा कार्यक्रमका पोस्टर टाँसेर पर्चा वितरण गर्दै जनतालाई भोट नहाल्न आह्वान गरिएको छ ।

मङ्सिर ४ को चुनावले चोर, फटाहा, दलाल, डाँकाहरू मात्र फेर्ने र सत्ता नफेरिने भएकाले सङ्घ र प्रदेशको संसदीय चुनाव अवज्ञा गर्न आमजनसमुदायलाई आह्वान गरिएको छ । ‘चुनाव अवज्ञा गरौँ ! भोट नहालौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ ! स्वाधीन संयुक्त सरकारका लागि सङ्घर्ष गरौँ !’ लगायत नारा लेखिएका पर्चा, पम्प्लेट र पोस्टर सबैतिर टाँसिएको नेकपा (बहुमत) कञ्चनपुरका पार्टी कार्यालय सचिव दीपेन्द्र ऐरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :