माओवादी फुट्नु क्रान्ति शुरु हुनु हो : विप्लव, महासचिव – नेकपा

  • महाभारत कथामा भिष्म पितामहले सत्यवादी त पाण्डवहरु नै हुन् तर मभने कौरव पक्षतिरै लाग्छु भनेझैं किरणको अवस्था देखिन्छ । प्रचण्ड दलदलमा उभिएका छन् । दलदलमा उभिएर हाईजम्प गर्न सकिन्न । २०६६ सालको आमहड्तालमा तेस्रो दिन विशाल जनसहभागिता देखेर प्रचण्डले भद्रकालीमा आक्रमण गरौं  भनेका थिए । मैले निशस्त्र जनतालाई होम्न नहुने भनेपछि अनन्तलेसमेत प्रचण्ड योजनाको विरोध गरे । के हुन्छ हैरौं भनेर कदम चाल्नु हुदैन । माओवादी फुट्नु भनेको क्रान्ति शुरु हुनु हो ।
  • २०७१ को बर्लिन दिवशको अवसरमा मिखाइल गोर्वाचोवले नयाँ सितयुद्धको शुरुवात भनेका थिए ।  
  • चिनियाँ कम्युनिस्ट पार्टीले उच्च तहका नेताहरु तीनतारे भन्दा माथिल्ला होटेलमा बस्न नपाइने निर्णय गरेको छ । चीनका सबै मुद्रामा माओको फोटो राखिंने छ । तिनतारे होटेलमात्र प्रयोग नगर्दा वार्षिक ९ अर्ब बचत  हुने अनुमान छ ।  सि जिनपिङले रातो चीनले रङ्ग बदल्नु हुँदैन भनेका छन् ।                                                               (२०७१ कार्तिक २६ र २७ गते शिवगढी भेलामा व्यक्त विचारको सम्पादीत अंश, शिर्षक हामीले दिएका हौं ) 

२०७४ भदौ २४ गते १९ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :