ओखलढुंगा मञ्चमा भण्डारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट ओखलढुंगा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा रामकृष्ण भण्डारी निर्वाचित भएका छन् । शनिबार त्रि–चन्द्र क्यामपसमा भएको प्रथम ओखलढुंगा जिल्ला सम्मेलनले भण्डारीको नेतृत्वमा ६ सदस्यीय रिक्तसहित १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिका सदस्यहरुमा उपाध्यक्षहरु हरि श्रेष्ठ, दिलु राई, निरा सुवेदी, सचिवमा विनम राई, सहसचिवमा मोहन परिवार, दिपक बस्नेत, कोषाध्यक्षमा तीलबहादुर बुढाथोकी, सदस्यहरुमा ममृत खत्री, नविन पुलामी, कुमार बास्तोला, सीताराम भुजेल, डिल्ली पौडेल, तीलक श्रेष्ठ, सुमन आचार्य छन् । उक्त सम्मेलनले ७ सदस्यीय सल्लाकार समितिसमेत चयन गरेको छ ।

सल्लाकारहरुमा पुस्कर श्रेष्ठ, कमल ढुंगाना, अमृत बस्नेत, विमल ढुंगेल विमल खड्का, नारायण तोलांगी, वेदकाजी ढुंगाना रहेका छन् । कार्यक्रमको पमुख अतिथि नेकपाका केन्द्रीय सल्लाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, अतिथिहरु नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा सम्पर्क मञ्च साधारण शाखा इन्चार्ज मकर गुरुङ, रातो खबर प्रकाशन गृह प्रालिका प्रवन्ध निर्देशक भीम चापागाईं रहेका छन् ।

 

कार्यक्रमको प्रमुख अतिथि असारे काकाले ओखलढुंगासँग मेरो आत्मीय सम्बन्ध छ । जनगणतान्त्रिक सम्पर्क मञ्चको लाल झुपडी निर्माण गर्दै हामीले संगठन निर्माण गरेको बताउनुभयो । उहाँले ‘दुनियाँमा बेइमान मात्र हुदैनन् इमानदार पनि हुन्छन् । प्रचण्डले क्रान्तिका लागि धोका दिए । तर इमानदारहरुले क्रान्तिको नेतृत्व गर्छन् ।’ क्रान्तिको नेतृत्व नेकपाका महासचिव विप्लवले गर्ने बताउनुभयो । साथै असारे काकाले नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई शुभकामना व्यक्त गर्नुभयो ।

२०७४ भदौ २४ गते १९ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :