निर्वाचन आयोग–सरकार तनाव बढ्यो

काठमाडौं : प्रम देउवासहित मन्त्रीहरुले आपत्ति प्रकट गरेपछि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन कार्यतालिका सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रम विनाकारण स्थगित भएको छ । आयोग प्रवक्ताले सो कुराको जानकारी दिएका हुन् । समानुपातिक तर्फको सुचि प्रत्यक्ष उम्मेदवारी अघि नै पेस गर्नुपर्ने प्रस्तावलाई सरकार र दलहरुले अस्विकार गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गर्न नसकेको हो । असन्तुष्ट पक्षलाई सम्बोधन गर्नुपर्ने बाध्यताका कारण प्रत्यक्ष र समानुपातिक दुबै तर्फको नामावली पेस गर्नुपर्ने आयोगको प्रस्तावप्रति दलका नेताहरु आक्रोशित भएका छन् । मन्त्रीहरुको निर्वाचन आचार संहिता छिटो लागु गरेको भन्दैअसन्तुष्टि जनाएका छन् भने प्रतिपक्षले सकरात्मक रुपमा लिएका छन् । उता गृहमन्त्री जनार्दन शर्माले आचार संहिता लागेको मिति भन्दा अगाडिको मिति राख्दै प्रजिअ र प्रहरीको सरुवा गर्ने भ्रष्टाचार (भ्रष्ट आचरण)लाई तीव्रता दिएका छन् ।

२०७४ भदौ २४ गते १८ : ३१ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :