जनप्रगतिशील मोर्चा कतारद्वारा मजदुर उद्धारमा

काठमाडौं : मजदुरहरुको उद्धार कर्ता तथा संरक्षक रुपमा सदैव लागिरहने प्रतिबद्धता सहित गत २ तरिकमा भव्य रुपले छैठौ अधिवेशन सफल गरेको नेपाल कम्यिनस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा कतारले साता नबित्दै उद्धार कार्यमा लागेकोे छ । लक्की मेनपावर पोखराबाट आएर PEARL CASTLE कम्पनी कतारमा अलपत्र परेका भीमबहादुर (रौतहट), कृष्णबहादुर (सोलुखुम्बु), टेकबहादुर (पर्वत), दुर्गाबहादुर (तनहु), चेतनारायण (पर्वत), पुर्णबहादुर (वाग्लुङ), राजकुमार (तनहु), पिकबहादुर (कास्की) र खड्गबहादुर (गुल्मी) गरि ९ जनाले उद्धार गरिपाउ भनी संयुक्त रुपमा दिएको निवेदन अनुसार सत्यतथ्य खोजी गरि मोर्चाले उद्धार कार्य अगाडि बढाएको छ । 

मोर्चाको केन्द्रीय कोषाध्यक्ष साजन गुरुङ र सल्लाहकार हेम कार्कीले अगुवाइ गर्नु भएको यश उद्धार अभियानमा केही सामाजिक सङ्स्थाहरुले पनि राम्रो भुमिका निर्बाह गरेका छन । शुक्रबारका दिन पीडितहरुको स्थानीय जिल्लाका सामाजिक संस्थाहरुले मोर्चासँगको सम्पर्कको माध्यमबाट पीडित मजदुरहरुलाई केही दिनका लागि खाद्यान्न उपलब्ध गराएर उद्धार कार्यमा सहभागिता जनाएका छन् । 

नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपाली दूतावासलाई सम्पुर्ण अवस्थाको जानकारी गराउदै कतारको श्रम कानुन अन्तरगत रहेर उद्दारका लागि कानुनी प्रक्रिया अगाडी सारेको छ भने कतारमा रहेका सम्पुर्ण सामाजिक संघ संगठनहरुलाई यसरी नै मजदुर हक हितका निमित्त हातेमालो गर्दै अगाडि बढ्न आव्हानसमेत गरेको सो संगठनका उपाध्यक्ष जयकिशोर पोद्दारले जानकारी दिइएका छन् ।

२०७४ भदौ २४ गते १७ : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :