सकसमा राजपा

काठमाडौं : पहिलो र दोस्रो चरणको निर्वाचन बहिस्कार गरेको राजपा तेस्रो चरणको चुनाव नजिकिंदै गर्दा विघटनको सकस व्यहोर्न बाध्य भएको छ । चुनाव जित्नका लागि पहाडी, जनजाती र थारु समुदायको मत मधेसवादी दलमा बसेर लिन कठिन हुने भएका कारण ती दलका हस्तीहरु नै माओवादी केन्द्र, कांगे्रस, एमाले प्रवेश गर्न थालेको हुन् । सर्लाही जिल्लका राजपा पूर्व संयोजक विनयकुमार कर्ण एमालेको तर्फबाट कपिलासी नपाको मेयरमा उठेका छन् । रामेश्वर राय, शिवपुजन राय र चेतनारायण राय आआफ्ना पार्टी छोडेर माकेमा प्रवेश गरेका छन् । हस्ती ठानिएका नेताहरुले नै अन्य दलमा प्रवेश गरेका र शिर्ष नेताहरुकै पार्टी विरोधी धारणा सार्वजनिक भैरहेका कारण राजपामा संकट थपिएको देखिन्छ ।

२०७४ भदौ २४ गते १६ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :