मेक्सिकोमा महाभूकम्प / अमेरिकामा भागदौड

 

एजेन्सी / काठमाडौं : उत्तरअमेरिकी मुलुक मेक्सिकोमा गएराती ८ . २ म्याग्निच्युटको भूकम्प गएको छ । प्रशान्त महासागरको तटमा सो भूकम्प गएको कारण मेक्सिको, संयुक्त राज्य अमेरिकालगायतका देशहरुमा सुनामी आउन सक्ने पूर्वानुमान गरिएको थियो । प्रशान्त तटिय बासिन्दाहरुलाई अन्यत्र जान सरकारहरुले सार्वजनिक सुचना जारी गरिरहेका छन् । भूकम्पका कारण मेक्सिकोमा ३३ जनाको मृत्यु भएको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ । यो शताब्दिकै ठूलो महाभूकम्प हो । आँधी ‘इर्मा’ मेक्सिकोबाट क्युवातर्फ सरिरहेको छ । अमेरिकाको फ्लोरिडा राज्यतर्फ आधी बढिरहेकोले आम मान्छेहरु भागदौड गर्दा ट्राफिक जाम भएको , इन्धन अभाव भएकोे छ । इर्मा नामक यो समुन्द्री आँधी कम हुनासाथ अर्को आँधी आउन सक्ने नागरिकलाई पूर्वानुमान गरिरहेकोले नागरिकलाई ‘इर्मा’ समुन्द्री आँधी कमजोर हुनासाथ तत्काल घर नफर्कन र सचेत रहन सुचित गरिएको छ । उत्तरअमेरिकी प्रशान्त तटिय देशहरु अस्तव्यस्त छन् । अमेरिकी भूकम्प मापन केन्द्रले सो भूकम्पको केन्द्र मेक्सिको, पिजिजियापन शहरदेखी ८७ किमि दक्ष्णि–पश्चिम रहेको जनाएको छ । सोही कम्पनका कारण आएको आँधी २७० किमि प्रतिघण्टाका गतिले दौडिरहेकोले क्युवामा पुगिसकेको र शनिबार (आज ) मध्यान्नसम्म अमेरिकाको फ्लोरिडा राज्य पुग्नसक्ने पूर्वानुमान गरिएको छ ।

२०७४ भदौ २४ गते १५ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :