दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका सहिद कुमार पौडेलका भाइ गिरफ्तार

दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका सहिद कुमार पौडेलका भाइ गिरफ्तार

काठमाडौँ : तत्कालिन नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न भएको व्यक्तिलाई निर्वाचनमा उम्मेद्धार बनाईएकोले उक्त व्यक्तिको उम्मेद्धारी खारेजीको माग गर्दै अनसन वसेका हरिकृष्ण पौडेललाई आज प्रहरीले गिरफ्तार गरेको छ । आउदो मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट डिल्ली प्रसाद उप्रेति उम्मेद्वार बनेका छन् । उनै उप्रेतिको उम्मेद्वारी खारेजीको माग गर्दै सहिद कुमार पौडेलका भाई हरिकृष्ण पौडेल सर्लाही ३ नम्बर निर्वाचन क्षेत्रको कार्यालय अगाडि कार्तिक १ गतेदेखी अनसन बसेका थिए । उनलाई आज प्रहरीले बल प्रयोग गरेर गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ । कुमार पौडेलको परिवारले कुमारको हत्यामा संगल्न भएको अभियोग लागेका व्यक्तिहरु खुलेआम घुमिरहेको भन्दै कानुनी कार्वाहीको माग गर्दै आईरहेको सन्दर्भमा तिनै व्यक्तिहरु निर्वाचनमा उम्मेद्वार बनेपछि पौडेलका भाई अनसन बसेका थिए । कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको भन्दै सडक देखी सदनसम्म दोषीमाथि कार्वाहीका आवाज उठेको थियो । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको निस्कर्ष निकाल्दै दोषीमाथि कार्वाहीको माग गरेका थियो । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) सर्लाहीले पनि यस अघि एक प्रेस विज्ञप्ति जारी गर्दै कुमार पौडेलका हत्यारालाई कार्वाहीको माग गरेको थियो । पौडेल परिवारले तत्कालिन प्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतका विभिन्न व्यक्तिहरुलाई हत्यामा संलग्न भएको भन्दै कार्वाहीको माग गर्दै आईरहेका छन । पौडेललाई २०७६ असार ५ गते सर्लाहीको हरिवनमा प्रहरीले नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :