नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुर : देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा नेकपा (बहुमत) नवलपुरका नेता कार्यकर्ताहरू एक बिघा खेतमा रोपेको धान बाली काटेर श्रमदान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दना, संयोजक बिशालको विशेष उपस्थितिमा युवा, विद्यार्थी र जिल्लाका सबै नेताकार्यकर्ताहरू धान काटेर श्रमदान गरेका छन् । उत्पादनको नीतिअनुसार नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको थियो ।

नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान काटेर श्रमदान गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :