बारामा जताततै विष्फोट

काठमाडौं : निर्वाचनको मिति नजिकिंदै गर्दा बारा जिल्लाका विभिन्न स्थानमा बम विष्फोटका घटना भएका छन् । विरगञ्जबाट प्राप्त समाचार अनुसार शुक्रबार साँझ ९ बजे पूर्व–पश्चिम राजमार्गको निजगढ नपा कार्यालय अगाडि शक्तिशाली विष्फोट भएको छ । रातीको समय भएकोले मानविय क्षती भने भएको छैन । उता जितपुर–सिमरा उपनपा १६, टाँगियावस्ती बुथ केन्द्रमा राती १० बजे विष्फोट भएको छ । ती घटनामा चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको नेकपाको हात रहेको प्रहरीको आशंका भएपनि अहिलेसम्म घटनाको जिम्मा कसैले पनि लिएको छैन ।

रौतहटको चन्द्रनिगाहापुरबाट प्राप्त अर्को समाचारमा जनाएअनुसार चपुर नपा, महादेव गाउँस्थित नेकपाका स्थानीय कार्यकर्ता कार्साङ जिम्बाको घरमा शसस्त्र प्रहरीले राती ११ बजे छापा मारेको छ । त्यसक्रममा परिवारका सदस्यहरुलाई कुटपटि गरेको पीडितकोे गुनासो छ । नेकपा, रौतहट इञ्चार्ज विजयलालले प्रहरी दमनको निन्दा गरेका छन् ।

२०७४ भदौ २४ गते ९ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :