वासु स्मृति सभा सम्पन्न


अम्बिका चन्द / काठमाडौं : तत्कालिन नेकपा (माओवादी)का बैकल्पिक पोलिट ब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’को अठारौं स्मृति दिवस मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी, गण्डक ब्युरोको आयोजनामा वाग्लेको गृह जिल्ला गोरखामा सम्पन्न स्मृति सभामा नेकपाका पोलिट ब्युराें सदस्य ओम प्रकाश पुन र केन्द्रीय सदस्य एवं गण्डक ब्युरो इन्चार्ज सावित्र दुरा ‘आस्था’को उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेता पुनले नेपाल नेकपाले शुरु गरेको एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र सहिद सुरेश वाग्लेलगायतका हजारौं सहिद, बेपत्ता र घाइतेहरुको सपना पुरा हुने बताउनु भयो । कार्यक्रममा सुरेश वाग्लेका छोरा दिपक वाग्लेलगायत कांग्रेस, नयाँ शक्ति, क्रान्तिकारी माओवादीसहितका पार्टीका स्थानीय नेताहरुको पनि उपस्थिति रहेको थियो ।

२०५६ साल भदौ २३ गते गोरखा घर भएका तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य सुरेश वाग्ले ‘वासु’लाई दंगा प्रहरीले गिरफ्तार गरी हत्या गरेको थियो ।

२०७४ भदौ २४ गते ७ :  ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :