नेकपा (बहुमत) सर्लाहीद्वारा चुनाव अवज्ञा गर्ने निर्णय

नेकपा (बहुमत) सर्लाहीद्वारा चुनाव अवज्ञा गर्ने निर्णय

सर्लाही : नेकपा (बहुमत) जिल्ला अधिवेशन आयोजक समिति सर्लाहीको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ । जिल्ला संयोजक बिहानीको अध्यक्षतामा नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माणको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

वैठकमा प्रमुख अतिथि निर्माणले यो देशमा निर्वाचित दलाल, नियुक्ति प्राप्त दलाल, लाईसेन्स प्राप्त दलालहरुबाट सञ्चालित देश जनताले जत्ति पटक भोट हालियो उत्ति झन गहिराहीमा देश दुबिरहेको र अर्थतन्त्र टाट पल्टिरहेको हुँदा यसको निकाश संसदीय प्रणालीको अन्त्य यसको विकल्पमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने बताए । उनले अब अन्तिम पटक सबै जनताले जनवादी क्रान्तिको कार्यभार सहितको वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको निम्ति एकजुट भएर जनताले बिद्रोहको बाटो अङ्गालनु पर्ने बताए ।

बैठकमा संयोजकले संगठनबारे प्रष्ट पार्दै हरेक वडा, गाउँ र टोलसम्म पार्टीलाई स्थापना गर्ने, क्रान्तिको तयारी गर्नु पर्ने बताए । बैठकले दलाल संसदीय चुनाबको अवज्ञा गर्ने, MCC, SPP राष्ट्रघाती सम्झौताविरुद्ध सङ्घर्ष गर्ने, राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगीविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । जिल्लाको एक बुथ एक चुनाव अवज्ञा गर्ने जनता सहितको टोली खटाउने सङ्घर्ष कार्यक्रमको घोषणा सहितको महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :