अखिल नेपाल महिला सङ्गठन धनुषामा सीतादेवी

अखिल नेपाल महिला सङ्गठन धनुषामा सीतादेवी

जनकपुरधाम : अखिल नेपाल महिला सङ्गठन धनुषाको प्रथम भेलाले सीतादेवी माझीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । गणेशमान चारनाथ नगरपालिका ४ मा शनिबार सम्पन्न भेलाले जिल्ला समिति चयन गरेको हो ।

भेलामा अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष तथा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य अञ्जना तामाङ प्रमुख अतिथि थिइन् भने नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन विशेष अतिथिका रूपमा सहभागी थए ।

त्यसैगरी अतिथिहरूमा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य तथा धनुषा जिल्ला इन्चार्ज विमला, पार्टीका मधेस ब्युरो सदस्य तथा धनुषा जिल्ला संयोजक अर्जुन, अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय कोषाध्यक्ष भक्तिमाया मगर, अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक लक्ष्मी पाण्डे, अखिल नेपाल महिला सङ्गठन महोत्तरी जिल्ला संयोजक गीता खड्का थिए ।

भेलाको अध्यक्षता सीतादेवी माझीले, स्वागत मन्तव्य सरिता अधिकारीले र कार्यक्रमको सञ्चालन सपना श्रेष्ठले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले दलाल पुँजीवादी व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गरेपछि मात्र महिलाको मुक्ति हुने भएकाले सम्पूर्ण उत्पीडित महिला वैज्ञानिक समाजवादी क्रान्तिमा लामबद्ध हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :