राष्ट्रिय जनस्वयंसेवकको चितवन सम्मेलन सम्पन्न

भीमबहादुर खड्का / चितवन : राष्ट्रिय जनस्वयंसेवकको चितवन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्ष अटल श्रेष्ठ र प्रमुख अतिथि तामसालिङ ब्युरो इन्चार्ज क. आधार, सि.सि.एम क. प्रज्वलन, ब्युरो सदस्यहरु ध्रुव, लालबहादुर बिसी, राष्ट्रिय जनस्वयंसेवक तामसालिङ ब्युरो संयोजक विरोचन, तामसालिङ जनसरकारका अर्थमन्त्री मिनप्रसाद सापकोटा, जनसरकारका पर्यटनमन्त्री लोकराज पाण्डे, जनसरकारका खेलकुदमन्त्री बुद्धि चौधरी र अखिल (क्रान्तिकारी)का प्रेम चौधरी, अनेमसंघ क्रान्तिकारी तामसालिङ संयोजक विष्णु कोइराला, अ.ने.क्रा. ट्रेड युनियन महासंघ संयोजक पुरन राई, पत्रकार महासंघ केन्द्रीय कोषाध्यक्ष नवराज ढकाललगायतको आतिथ्यतामा २७ सदस्यीय जिल्ला समिति गठन गरी कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समितिको अध्यक्षमा अटल श्रेष्ठ, उपाध्यक्षहरुमा प्रकाश कुमाल, अशोक लामा, सचिवमा किरण सुनार, सहसचिवमा देउमी खड्का, कोषाध्यक्षमा विरु लामा चयन हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :