ललितपुरका बारको चुनाव शनिबार

काठमाडौं : ‘गणतान्त्रिक, प्रगतिशील, पेशागत एवं स्वातन्त्र, कानुन व्यवसायी समूहलाई आफ्नो अमूल्य मत दिई विजयी गराऔं’ मूलनाराका साथ ललितपुर बार एशोसिएशन भवन, लगनखेलमा भदौ २४ गते अर्थात शनिबार निर्वाचन हुने भएको छ । उक्त निर्वाचन विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने एक अधिवक्ताले बताइएका छन् । निर्वाचनमा अधिवक्ता दिपककुमार विष्टको अध्यक्षको १४ जना कार्यसमिति घोषणा गरिइएको छ । उम्मेदवारहरुमा उपाध्यक्ष अधिवक्ता दयाभक्त डंगोल, सचिव अधिवक्ता ज्ञानेन्द नेपाल, कोषाध्यक्ष अधिवक्ता रुपबहादुर सारु, महिला सदस्यहरुमा सरिता गौतम, नानीछोरी महर्जन, सदस्यहरु संगम महर्जन, ढुण्डीराज देवकोटा, भविश्वर पौडेल, छोनाम मोक्तान, आभाषबहादुर प्रधान, चन्द्रप्रकाश गुरागाईं, चिरञ्जीवि ढकाल, कान्तिराम ढुंगाना रहेका छन् ।

२०७४ भदौ २३ गते १८ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :