नेकपाद्वारा धरानमा स्कुलिङ सञ्चालन

धरानः नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोले सुनसरी र मोरङमा जिल्लास्तरीय स्कुलिङ सुरु गरेको छ । धरानमा राखिएको उक्त कार्यक्रमको शुक्रबार नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ ले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सैन्य विज्ञान र संगठनका बारेमा प्रशिक्षण दिइने छ । प्रशिक्षण आगामी भदौ २६ गते बिहानसम्म सञ्चालन हुने कोशी ब्युरोले जनाएको छ । सुनसरी र मोरङको प्रशिक्षणपछि भाद्र २६ गतेबाट धनकुटा, संखुवासभा र तेह्रथुमको गरी तीन जिल्लाको स्कुलिङ कार्यक्रम धनकुटामा सञ्चालन हुने कोशी ब्युरो इन्चार्ज नवीनले जानकारी दिनु भयो ।

२०७४ भाद्र २३ गते अपरान्ह ३ः४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :