अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक सामग्री वितरण

बुटवल : अखिल (क्रान्तिकारी) जनजागृति मावि इकाई समितिद्वारा जनजागृति माध्यमिक विद्यालय ओमसतिया– २, करूवानी, रुपन्देहीमा शैक्षिक सामग्री वितरण गरेको छ । सो विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत ५२ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रमा बोल्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक पारस राहादी मगरले विद्यार्थीहरूलाई अध्ययनप्रति रुची, लगाव जगाउनको लागि सहयोगी भूमिका खेल्न सकियोस् भनेर संगठनले यसप्रकारको कार्यक्रम आयोजना गरेको बताए । साथै आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीलाई थोरै मात्रामा भए पनि उत्साह पैदा गर्ने विश्वास व्यक्त गरे ।

जनजागृति माविका प्रधानाध्यापक रमादेवी अर्यालले अखिल (क्रान्तिकारी) को यसप्रकारको रचनात्मक कार्यक्रमले आफुलाई निकै उत्साहित तुल्याएको बताए । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा आएर गरेकोे शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यार्थीलाई थप हौसला पुर्याउने अपेक्षा गरेको बताए । कार्यक्रम आयोजना गरेकोमा आयोजक अखिल (क्रान्तिकारी) लाई धन्यवाद व्यक्त गरे ।

इकाइ अध्यक्ष राजनाथ चौहानले अखिल (क्रान्तिकारी) मा संगठित भएर यस्ता विद्यार्थी लक्षित कार्यक्रम आयोजना गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए ।

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक पारस राहादी मगरको प्रमुख आतिथ्यता, नेकपा (बहुमत) ओमसतिया इञ्चार्ज मदन, नेकपा (बहुमत) जिल्ला कार्यालय सदस्य दिप, युवा जनस्वयंसेवक नेपाल, रुपन्देही संयोजक बालेन, जनजागृति माविका प्रधानाध्यापक रमादेवि अर्याल, सोही माविका व्यवस्थापन समितिका पुर्व अध्यक्ष नाथु यादवलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम इकाइ अध्यक्ष राजनाथ चौहानको अध्यक्षता र द्रोणध्वज मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :