संविधानविरोधी कार्यक्रमबाट गिरफ्तार गरिएकाहरूलाई रिहा गर्न क्रान्तिकारी माओवादीको माग

संविधानविरोधी कार्यक्रमबाट गिरफ्तार गरिएकाहरूलाई रिहा गर्न क्रान्तिकारी माओवादीको माग

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) ले विद्यमान संसदीय व्यवस्था र संविधानको विरोध कार्यक्रमबाट गिरफ्तार गरिएका केन्द्रीय सदस्यहरू दीपक शाही, तेजविक्रम शाही, पार्टीका कर्णाली प्रदेश सदस्यहरू राजन बुढा, ललित सुनार, नारायण न्यौपाने र विकल्पलाई बिनासर्त, अविलम्ब रिहा गर्न माग गरेको छ ।

पार्टीका कार्यवाहक महासचिव गौरवले सोमबार वक्तव्य जारी गरी सुर्खेतमा आयोजित शान्तिपूर्ण कार्यक्रममा भएको यसप्रकारको दमनको घोर निन्दा र भत्र्सना पनि गरेका छन् ।

कावा महासचिव गौरवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विद्यमान संसदीय व्यवस्था र संविधानको विरोध एवम् यसका विरुद्ध सङ्घर्ष पनि गर्दै आएको तथ्य सर्वविदितै छ । यो संविधानको विरोध गर्दै आज सुर्खेतमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भइसकेपछि तीनवटा भ्यानमा आएका प्रहरीहरूले बल प्रयोग गरी पार्टीका केन्द्रीय सदस्यहरू क. दीपक शाही, क. तेजविक्रम शाही तथा पार्टीका कर्णाली प्रदेश सदस्यहरू क. राजन बुढा, क. ललित सुनार, क. नारायण न्यौपाने र क. विकल्पलाई गिरफ्तार गरी सुर्खेत एसपी कार्यालयमा हिरासतमा राखिएको छ । शान्तिपूर्ण कार्यक्रममा भएको यसप्रकारको दमनको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौँ र गिरफ्तार सम्पूर्ण कमरेडहरूको अविलम्ब रिहाइको माग गर्दछौँ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘अन्यथा दबावमूलक अन्य सङ्घर्षका कार्यक्रम सञ्चालन गर्न हामी बाध्य हुने कुरा पनि सरकारलाई जानकारी गराउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :