नेकपा (बहुमत) ले भोलि पत्रकार सम्मेलन गरी निर्वाचन अवज्ञा कार्यक्रम घोषणा गर्ने

नेकपा (बहुमत) ले भोलि पत्रकार सम्मेलन गरी निर्वाचन अवज्ञा कार्यक्रम घोषणा गर्ने

काठमाडौँ : नेकपा (बहुमत) ले यही भदौ २६ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले गरेका निर्णय भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।

नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनसार पार्टीले भोलि अर्थात् असोज १ गते शनिबार काठमाडौँ अनामनगरस्थित संवाद डबलीमा पत्रकारसम्मेलन आयोजना गरी बैठकका निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शुक्रबार सञ्चारमाध्यमलाई पत्रकार सम्मेलनमा सहभागी भई समाचार सम्प्रेषण गर्न आह्वान गर्दै जारी गरेको निमन्त्रणापत्रमा भनिएको छ, ‘नेकपा (बहुमत) केन्द्रीय समितिको यही भदौ २६–२९ मा सम्पन्न तेस्रो पूर्ण बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, आन्दोलनलगायत विषयमा गरेका महत्वपूर्ण निर्णयहरूबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराउन पाउँदा हर्षित छौँ ।’

स्मरणीय छ, नेकपा (बहुमत) को तेस्रो पूर्ण बैठकले आगामी मङ्सिर ४ गतेका लागि सरकारले घोषणा गरेको प्रदेश र सङ्घको निर्वाचन सशक्त अवज्ञा गर्ने निर्णय गरेको सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :