अखिल क्रान्तिकारीकी महासचिव रूपा र नेकपा (बहुमत) गुल्मीका संयोजक चिरागसहित २५ जना गिरफ्तार

‘शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप निन्दनीय’

अखिल क्रान्तिकारीकी महासचिव रूपा र नेकपा (बहुमत) गुल्मीका संयोजक चिरागसहित २५ जना गिरफ्तार

गुल्मी : प्रहरीले शान्तिपूर्ण कार्यक्रमबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) की महासचिव रूपा बुढामगर, नेकपा (बहुमत) का गुल्मी संयोजक चिराग र क्रान्तिकारीकै केन्द्रीय सदस्य पदम नेपालीसहितका २५ भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको छ ।

विद्यार्थी सम्मेलनबाट गिरफ्तार गरिएकाहरूलाई गुल्मी जिल्ला प्रहरी कार्यालय तम्घासमा राखिएको समाचारमा जनाइएको छ ।.अखिल (क्रान्तिकारी) को गुल्मी जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेकी महासचिव रूपासहितको टोलीलाई नै प्रहरीले गिरफ्तार गरेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले राज्यले विद्यार्थीको सम्मेलनमा हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको भन्दै आक्रोश व्यक्त गरेको छ । गिरफ्तार नेता–कार्यकर्तालाई अविलम्ब बिनासर्त रिहा गर्न पनि अखिल क्रान्तिकारीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :