उम्मेदवारको घरमा बम विस्फोट

जनकपुरः धनुषाको धनुषाधाम नगरपालिकामा राप्रपाको तर्फबाट मेयरकी उम्मेदवार प्रेक्षा मल्लको घरमा गएराती शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटबाट कुनै मानवीय क्षती नभए पनि घरमा सामान्य क्षती पुगेको छ । राप्रपाको तर्फबाट स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेकी मल्ल पञ्चायतकालका नामुद मण्डले हेमबहादुर मल्लकी नजिककी नातेदार हुन् । विगत जनयुद्धको बेला मल्ल विभिन्न खालका अपराधिक गतिविधिमा समेत संलग्न रहेको बताइन्छ । बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । 

२०७४ भदौ २३ गते १२ः४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :