जाजरकोटमा पार्टी धुर्वीकरण र सङ्गठन विस्तार तिब्र बन्दै

जाजरकोटमा पार्टी धुर्वीकरण र सङ्गठन विस्तार तिब्र बन्दै

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोट यतिबेला राष्ट्रिय जनजागरण अभियान उद्घाटन पुर्व जाजरकोटका विभिन्न गाउँ बस्तीहरूमा सङ्गठन बिस्तार, पार्टी धुर्वीकरण र भित्तेलेखन तिब्र बन्दै गएको छ ।

पुगिसकेको गाउँहरूमा रातदिन लगाएर सङ्गठन निर्माण भएका छन् । नलगाड नगरपालिका वडा नं. ६ को भारगाउ, गर्छिना र लहाँबाट क्रान्तिकारी व्यक्तिहरू धूर्वीकरण भएका छन् भने पार्टी धूर्वीकरण हुनेमा एमालेबाट खड्क सुनार, प्रेम सुनार, पहलबहादुर वली, माओवादी केन्द्रबाट सीता बिक, मनक्वारी विक, सर्मिला बुढा, सारदा विक, सुनिता बिक, अमृता थापा वली, गिता विक र मगर महिला सङ्गठनबाट हिमानी बुढा गरि १२ जना रहेका छन् । यतिबेला जाजरकोटमा नेकपा (बहुमत) दुई महिने अभियानको तयारी गरेर गाउँगाउँमा पसेको छ ।

गाउँमा पसेको नेकपा (बहुमत) यतिबेला जनताको मुद्दा उठाउने मात्र नभएर दलाल सत्ता र सत्ताका प्रतिनिधिले गरेको कमजोरी र जनप्रतिनिधि र शिक्षकहरूका छोराछारीहरू सरकारी विद्यालय वा निजी विद्यालय कहाँ छन् डाटा सङ्कलन र कमि कमजोरीहरूको लिष्ट तयार गर्दै जनताको बीचमा छ । राष्ट्रिय जनजागरण अभियान तथा सङ्गठन बिस्तार अभियानमा जुटेका दलित राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा नेकपा (बहुमत) जिल्ला आयोजक कमिटी सदस्य बरुनले जानकारी दिए ।

जनताको माग वित्तीय संस्थाले गरेको लुटतन्त्र, उपभोक्ताको मनपरी, ठेकेदारबाट मजदुर ठगिनु, जनप्रतिनिधि र कर्मचारीको सेटिङ्गबाट गरिएका बिषयहरू तत्काल छानबिन गरि कारवाहीको दायरामा ल्याएर हाम्रो सह–भागितामा जनकारवाही गरियोस् भन्ने तिब्र माग उठेको छ । यसको बिषयमा जिल्ला पार्टी गम्भीरता पूर्वक अनुसन्धान तर्फ लागेको छ । यदि यी बिषयहरू पुष्टि भएको खण्डमा जनताको बीचमा ल्याएर जनताको मागअनुसार कारवाही गरिनेछ भन्ने प्रतिबद्धता जाजरकोट पार्टी संयोजक महानले गरे भने पार्टीका विभिन्न मोर्चाहरूलाई जनताको बीचमा लगेर स्थापित गराउने जोड गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :