नेकपा एस निकट अनेरास्ववियुका स्थायी समिति सदस्य गणेश रोकाय अखिल (क्रान्तिकारी) मा प्रवेश

नेकपा एस निकट अनेरास्ववियुका स्थायी समिति सदस्य गणेश रोकाय अखिल (क्रान्तिकारी) मा प्रवेश

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक काठमाडौँमा शुक्रबार सुरु भएको छ । बैठककै क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु स्थायी समिति सदस्य गणेश रोकाय अखिल क्रान्तिकारीमा ध्रुवीकृत भएका छन् ।

नवप्रवेशी रोकायलाई नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् विद्यार्थी फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंह, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई र सङ्गठनका पदाधिकारीले माला र अबिर लगाएर सङ्गठनमा स्वागत गरेका थिए ।

बैठक अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईको अध्यक्षता तथा नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् विद्यार्थी फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंहको प्रमुख आतिथ्यमा सुरु भएको हो ।

बैठकमा मुलुकको शैक्षिक विकृति, विसङ्गति, अराजकताका साथै समसामयिक शैक्षिक–राजनीतिक विषयमा छलफल सुरु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :