अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पुजा खरेल

अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पुजा खरेल

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको आठौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पुजा खरेलको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । साथै सम्मेलनले उपाध्यक्षमा माया सुवेदी, सचिव मिना पौडेल, कोषाध्यक्ष भागिरथि थारु चयन गरेको छ ।

उक्त आठौँ जिल्ला सम्मेलन उद्घाटन गर्दै अन्जना तामाङले महिलाहरूलाई चारवटा अधिकार प्राप्तिका लागि लड्नु पर्ने बताइन् । उनले १) राज्य माथिको अधिकार, २) श्रम माथिको अधिकार, ३) शरिर माथिको अधिकार, ४) सम्पत्ति माथिको अधिकार बारेमा आफूहरू निरन्तर लड्नेसमेत बताइन् । साथै उनले यी चार अधिकार प्राप्त गरेपछि बल्ल महिला अधिकार निश्चित हुने बताइन् ।

कार्यक्रमका विशेष अतिथि नेकपा (बहुमत) जिल्ला इन्चार्ज प्रवेश, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय सदस्य शेरमान, नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला संयोजक सङ्घर्ष, केन्द्रीय सदस्य मिलन, पाल्पा जिल्ला संयोजक, रुपन्देही जिल्ला संयोजक सुनिल, ब्युरो सदस्य सन्जिव कुमार, युवा जनस्वयम्सेवक पाल्पाका मोहन निवाङ, अखिल नेपाल महिला सङ्गठन नेपालकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश समिति इन्चार्ज रन्जिता थापा, युवा जनस्वयम्सेवकका केन्द्रीय सदस्य बालेन, जिल्ला कानुन तथा न्याय विभाग खोमा, सहिद परिवार मिना पौडेल तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रुपन्देही देवदह नगरपालिका इन्चार्ज दिपक लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो भने प्यानल प्रस्ताव रन्जिता थापाले गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता पुजा खरेलले गरेकी थिइन् भने सञ्चालन अखिल नेपाल महिला सङ्गठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बिमा भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :