बजार सफा गरेर मान्ममा अभियान उद्घाटन

बजार सफा गरेर मान्ममा अभियान उद्घाटन

कालीकोट : नेकपा (बहुमत) कालीकोटले जिल्ला सदरमुकाम मान्म बजारमा सडकको फोहोर सफा गरेर राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ ।

प्राप्त समाचारअनुसार कालीकोट जिल्ला सदरमुकाम मान्ममा आयोजित अभियान उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज रणबहादुर विकले सडकको फोहोरजस्तै दलाल पुँजीवादी फोहोर बढारेर वैज्ञानिक समाजवाद स्थापना गरिने बताए ।

अभियान उद्घाटन कार्यक्रममा नेकपा (बहुमत) कर्णाली ब्युरोका सहइन्चार्ज आर्जनले मुलुकमा राष्ट्रघात, महँगी, अभाव, मूल्य वृद्धि, गरिबी र भ्रष्टाचार लाद्ने दलाल पुँजीवादी सत्ताबाट जनता वाक्क भइसकेकाले यो व्यवस्थालाई जरैदेखि फ्यालेर समाजवाद स्थापना गर्ने उद्देश्य अभियानको रहेको धारणा राखे ।

कार्यक्रम शीतल बिष्टले सञ्चालन गरेका थिए । पार्टीका सबै नेता–कार्यकर्ताले बजारमा सरसफाइ गरेपछि अभियान आरम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :