नेकपा (बहुमत) मेलम्चीको १३ नम्बर वडा भेला सम्पन्न

नेकपा (बहुमत) मेलम्चीको १३ नम्बर वडा भेला सम्पन्न

सिन्धुपाल्चोक : नेकपा (बहुमत) सिन्धुपाल्चोकले दुईमहिने राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानका क्रममा मेलम्ची नगरपालिका वडा नम्बर १३ मा कुमार दनुवारको संयोजकत्वमा ४० सदस्यीय वडा समिति गठन गरेको छ ।

पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक–दोलखा जिल्ला इन्चार्ज विनयराज शर्माको प्रमुख आतिथ्य, नेकपा (बहुमत) बागमती पूर्वी ब्युरो इन्चार्ज अटलको विशेष आतिथ्य र जिल्ला संयोजक प्रतीकको अध्यक्षतामा सप्पन्न वडा भेलाले उक्त समिति गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै इन्चार्ज शर्माले दलालहरूको सत्तामा पिछडिएको वर्गको हकहितको काम नहुने भएकाले यो सत्तासँग आफ्नो अधिकार खोसेर लिनुपर्ने बताए । उनले वैज्ञानिक सत्ता प्राप्त गर्न नेपाली जनताको साथ लिई आमदेशप्रेमी नेपाली जनता अगाडि बढ्नुपर्ने पनि बताएका थिए ।

विशेष अतिथि बागमती पूर्वी ब्युरो इन्चार्ज अटलले जिल्लाभरि दुईमहिने राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियानलाई तीव्र रूपले चलाउन, चुस्तदुरुस्त एकाइ, वडा समिति निर्माण गर्न निर्देशन दिँदै पार्टीको कार्यनीति, रणनीति र विद्रोहका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :