सहिद कुमार पौडेलको परिवारद्वारा मधेस प्रदेशको अभियानलाई स्वागत

सहिद कुमार पौडेलको परिवारद्वारा मधेस प्रदेशको अभियानलाई स्वागत

सर्लाही : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोको आयोजनामा पार्टी केन्द्रीय नीतिअन्तर्गत सञ्चालित दुईमहिने राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९ भदौ २ गते सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा उद्घाटन गरी मधेश प्रदेशका जिल्लाहरूमा निरन्तर चलिरहेको छ ।

यसै क्रममा अभियान भदौ ८ गते सर्लाही जिल्ला प्रवेश गरी सहिद कुमार पौडेलको गाउँ पुगेको सर्लाहीबाट प्राप्त समाचारमा जनाइएको छ ।

अभियान टोलीलाई सहिद कुमार पौडेलका बुबा खिलकराज पौडेल, आमा दुर्गादेवी पौडेलले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

अभियानमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश ब्युरो इन्चार्ज नयन, नवौँ महाधिवेशन आयोजक समिति सदस्यहरू निर्माण, बाबु, सुमन, इमान र विमलालगायत सहभागी छन् ।

त्यसैगरी जिल्ला संयोजकहरू बिहानी, नवीन, दीपक, अर्जुन, अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय कोषाध्यक्ष सन्जु, महिला सङ्गठनकी केन्द्रीय सदस्य दृष्टि, सङ्गठनकी महोत्तरी जिल्ला संयोजक गीता खड्का, धनुषा जिल्ला संयोजक बुधनीदेवी सदा, पुनम महरा, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश ब्युरो इन्चार्ज किसुनदेव, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सचिवालय सदस्य भरत, युवा जनस्वयम्सेवक नेपाल केन्द्रीय सदस्य तथा रौतहट, बारा जिल्ला इन्चार्ज सुबलाल कुशवाहा, सर्लाही जिल्ला सचिवालय सदस्य ठगाराम, मदन महतो, भरत पुलामी, इन्द्रमान लामा, रामन्द महतो, दिनेश महरा, सुबनारायण महतो, नरेश साह, राजकिशोर महतोलगायत उपस्थित थिए ।

अभियान टोलीले मार्च पास्ट, कोणसभा, अन्तरक्रिया, संसदीय प्रणालीको भन्डाफोर, वालपेन्टिङ, जनसभालगायत कार्यक्रम गर्ने पार्टीका सर्लाही जिल्ला संयोजक बिहानीले बताए ।

अभियान टोली प्रमुख नयनले सहिद परिवारको स्वागतपछि पुँजीवादी दलाल सत्ता र सर्लाहीका दलाल, सूदखोर, कमिसनखोर, भ्रष्टहरूको मिलोमतोमा देशभक्त, क्रान्तिकारी, सुकुमबासीका नेता कुमार पौडेलको निर्मम हत्या गरिएको बताए । हत्याराहरूलाई कारबाही नहुँदासम्म र कुमार पौडेलको विचारले न्याय नपाउँदासम्म आफूहरूले निरन्तर सङ्घर्ष जारी राख्ने नयनले बताए । सर्लाहीका सुकुमबासी जनता साँच्चिकै एक ढिक्का भएको दिन कुमार पौडेलका हत्याराहरू अनिवार्य दण्डित हुनुपर्ने उनले बताए । सर्लाही जिल्लामा सुकुमबासी बसोबास गराउन कुमार पौडेलकै बलिदानको कारण सफल भएको उनको भनाइ थियो । कुमार पौडेल नहुँदा धेरै सुकुमबासी उत्पीडनमा परेको, अहिलेका जनप्रतिनिधिले निष्पक्ष जनताका पक्षमा काम नगरेको र विभेदकारी हिसाबले व्यवहार गरिरहेको प्रस्ट पार्दै नयनले अहिले पनि धेरै सुकुमबासीको जमिन र घडेरी खोसेर आफ्ना कार्यकर्ता र मतदातालाई वितरण गराई झन् पीडित बनाइरहेको उनले बताए ।

कार्यक्रमको सञ्चालन सर्लाही जिल्ला इन्चार्ज निर्माणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :