दार्चुलामा नेकपा (बहुमत) को अभियानले लियो गति

दार्चुलामा नेकपा (बहुमत) को अभियानले लियो गति

व्यास (दार्चुला) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाले अभियन तीव्र बनाएको छ । पार्टीको आयोजनामा सञ्चालित राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानअन्तर्गत दार्चुलाको गौरलमाण्डौ मावि दुहुँ गाउँपालिका २ हिकिलामा मेनुका बमको अध्यक्षतामा १७ सदस्यीय अखिल क्रान्तिकारी को १२ कक्षा समिति गठन भएको छ ।

त्यसैगरी अभियानकै क्रममा वीरेन्द्र कार्कीको अध्यक्षतामा १५ सदस्यीय १० कक्षा समिति गठन भएको जनाइएको छ ।

त्यसैगरी व्यास गाउँपालिका ६ हुतीस्थित हिमालय माविमा तुल्सी महरको अध्यक्षतामा ९ सदस्यीय अखिल (क्रान्तिकारी) को मूल एकाइ समिति गठन गरिएको छ ।

अभियानको नेतृत्व पार्टीका जिल्ला इन्चार्ज प्रकाश थापाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :