नेकपा (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले नवऔपनिवेशिक दलाल नोकरशाही पुँजीवादी व्यवस्थाका विरुद्ध जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

रूपन्देहीको बुटवलमा बसेको बैठकले भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करीलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ । बैठकले विभिन्न विभाग निर्माण गरी विभागीय जिम्मेवारीसमेत तोकेको छ । बैठकले यही भदौ १० गते अखिल नेपाल महिला सङ्गठन रूपन्देहीको जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दूल, विशेष अतिथि नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज प्रवेश, अतिथिहरू अर्घाखाँची जिल्ला संयोजक बारुद, पाल्पा जिल्ला संयोजक दिग्दर्शन, युवा जनस्वयम्सेवक लुम्बिनीका मिलनको उपस्थिति रहेको थियोे । बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला संयोजक सुनिलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :