नुवाकोटमा बलात्कारी रामरहिमको काँग्रेसी ‘कनेक्सन’

काठमाडौंः २०७२ वैशाख १२ गतेको भूकम्पपछि बलात्कारी बाबा रामरहिम सिंहको टोलीले नुवाकोट छनोट गरेर देवीघाट अड्डा जमाएको थियो । त्यसको मध्यस्तकर्ता अर्जुन नरसिंह केसी थिए । तत्कालीन प्रजिअ र तत्कालीन नेकपाले जोगीको विरुद्ध आ–आफ्नो तरिकाले विरोध गर्दै थिए । सिडिओले जोगीको मानमर्दन गरेको भन्दै केसी पक्षीय काँग्रेसले प्रजिअ कार्यालयअगाडि नाराबाजीसमेत गरेका थिए । भारतको झण्डा र मोदीको फोटो टाँग्दै हिँडेका बलात्कारी बाबा रामरहिम सिंहको टोलीलाई दुईपिपलमा जनताले ढुंगामुढा नै गरेका थिए । बलात्कारी बाबासँग नुवाकोटे काँग्रेसी नेताहरुको सम्बन्ध र मोदी ‘कनेक्सन’ कसरी जोडिएको छ ? भनिरहनु पर्दैन । अर्जुन नरसिंह केसीले हरेक चुनावको मुखमा आकस्मिक सेवाबाहन कहाँबाट ल्याएर बाँड्छन् ? फोटो आफैं बोल्छ । काँग्रेसीको समाजसेवा र गैरसरकारी संस्थाको समाजसेवाको आडमा कत्रो पाखण्डी र देशद्रोही गुप्तचरी धन्दा चलिरहेको छ ? सहजै बुझ्न सकिन्छ ।

तस्वीर समरप्रतिक डट कमबाट

२०७४ भदौ २३ गते ९ः५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :