भीमदत्त नगरपालिकास्थित राजेन्द्र निर्माण सेवामा पनि कालो ब्यानर

भीमदत्त नगरपालिकास्थित राजेन्द्र निर्माण सेवामा पनि कालो ब्यानर

कञ्चनपुर : नेकपा (बहुमत) को सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर–कैलाली–डँडेल्धुरा जिल्लाको संयुक्त अभियानकै क्रममा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ९ मटैनामा काङ्ग्रेस नेता भीम साउदको राजेन्द्र निर्माण सेवाका काला कर्तुत उल्लेख गरेर कालो ब्यानर टाँसिएको छ ।

राजेन्द्र निर्माण सेवा प्रालिलाई सढलासुस्ती, लापरबाहीलगायत अनियमितताबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनतालाई सास्ती खेप्न बाध्य बनाएकाले कालो ब्यानर टाँस्नु परेको नेकपा (बहुमत) कञ्चनपुरले जनाएको छ ।

राजेन्द्र निर्माण सेवा प्रालिद्वारा सञ्चालित भीमदत्त नगरपालिका ९ मा निर्माणाधीन अवस्थामा रहेको कामीकाटे खोला पुल सम्झौता भएर काम सुरु भएको ५ वर्षसम्म पनि अलपत्र पारेकाले जनचेतनाका लागि साङ्केतिक कारबाहीस्वरूप युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुर जिल्ला समितिले उक्त ठाउँमा कालो ब्यानर टाँसेको हो । यसअघि पनि भीमदत्त नगरपालिका ११ मा सङ्गठनले कालो ब्यानर टाँसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :