चितवनमा राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान तीव्र

चितवनमा राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान तीव्र

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान तीव्र पारेको छ । अभियानकै क्रममा रत्ननगर नगरपालिकाको पार्टी भेला सम्पन्न भएको छ भने भेलाले इन्चार्ज सविन र संयोजक अभयसहित २५ सदस्यीय नगर समिति गठन गरेको छ ।

राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियानका क्रममा विभिन्न जवस/मोर्चाका संयोजक पनि चयन गरिएको नेकपा (बहुमत) चितवनले जनाएको छ । जागरण अभियान जिल्ला पार्टीका संयोजक विजय शर्माको नेतृत्व र नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रणदीपको विशेष उपस्थितिमा सञ्चालन भएको जनाइएको छ ।

अभियानमा युवा जनस्वयम्सेवकका अध्यक्ष हरि बिष्ट, मजदुर सङ्गठनका अध्यक्ष रामहरि थापा, महिला सङ्गठनकी अध्यक्ष विष्णु, उपाध्यक्ष लक्ष्मी, सुकुमबासीका अध्यक्ष पस्तुत पाखुरे, किसान मोर्चाका अध्यक्ष सुवास भुजेल, उपाध्यक्ष चित्र भुजेल, गुरुङ मुक्ति मोर्चाका अध्यक्ष तीर्थ गुरुङ, तामाङ मुक्ति मोर्चाका अध्यक्ष सन्तबहादुर स्याङ्तान, उपाध्यक्ष चित्र मोक्तान, ट्रक व्यवसायी सङ्घका अध्यक्ष जितबहादुर, थारू मुक्ति मोर्चाका अध्यक्ष सुरज, प्रेम र राजेश, चेपाङ मुक्ति मोर्चाका अध्यक्ष राजु प्रजा र मनीषा प्रजा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष डेबिट गौतम संलग्न रहेको समाचारमा उल्लेख छ ।

त्यसैगरी वडा नं. १४ का अध्यक्ष प्रेम रसाइली, वडा नं. का अध्यक्ष १६ हरि बिष्ट, वडा नं. ७ का अध्यक्ष रामविलास, नगर सदस्यहरू सीमा, रोहित र सरिता अभियानमा संलग्न रहेको जिल्ला पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :